मोटोपनदेखि नि:सन्तानसम्मको समस्या निम्त्याउने रोग ‘पीसीओएस’
पीसीओएस अर्थात पोलिसिस्टिक ओभरियन सिन्ड्रोम अहिले महिलामा धेरै नै देखिने समस्यामा पर्छ । यो हर्मोन सम्बन्धित समस्या हो । प्रजनन उमेरका महिलामा देखिने यो समस्या विश्वका ५ देखि १० प्रतिशत महिलामा हुनसक्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । पीसीओएसका कारण महिलामा मोटोपनदेखि निसन्तानसम्मको समस्या देखिने गरेको छ ।
यो समस्यामा मुख्यतया हुने भनेको महिलामा ओभुलेसन प्रक्रिया अर्थात अण्डा ननिस्कनु हो । सामान्यतया एक स्वस्थ महिलाको हरेक महिना ओभुलेसन हुन जरुरी हुन्छ भने सो क्रममा एउटा अण्डा निस्कने गर्छ । तर पीसीओएस समस्या भएका महिलामा ओभुलेसन नै हुँदैन वा ढिला गरी कसै कसैको ३ महिना, ६ महिना वा वर्ष दिनमा पनि हुन्छ । अण्डा नै उत्पादन नभएपछि महिलामा महिनावारी हुँदैन् । र अण्डा उत्पादन नभएपछि पुरुषको शुक्रकिटसँग सम्बन्ध हुने कुरै भएन । जसले गर्दा महिलामा गर्भ बस्न समस्या पर्छ । महिला गर्भवती हुन अण्डा निस्कनै पर्छ अण्डा पुरुषको शुक्रकिटसँगको मिलन भएपछि महिला गर्भवती हुने हो । शुक्रकिटसँग मिलन भएन भने चाहिं अर्को महिना फेरि महिला महिनावारी हुनुपर्छ । यो प्राकृतिक साइकल हो । तर यही प्रक्रियामा नै समस्या आउँदा गर्भ रहन समस्या हुने हो । पीसीओएसमा मुख्य ओभुलेसनमै समस्या देखिने हो । यसले महिनावारीमा गडवडी गराउँछ र महिनावारी समयमै नहुने र गडवडी हुन थालेपछि गर्भ बस्ने सम्भावना पनि अत्यन्तै न्यून हुने गर्छ ।
पीसीओएस भएका महिलामा ओभरीको अल्ट्रासाउण्ड गरेर हेर्दा धेरै फोलिक्युलहरु देखिन्छ । यो समस्या हो । साथै मेल हर्मोन अलि बढी देखिन्छ पीसीओएस भएका महिलामा जुन थोरै मात्रामा मात्र हुनुपर्ने हो । जसले गर्दा अनुहार तथा अन्य भागमा अनावश्यक रौंहरु पनि आउन सक्छ । यसैगरी पीसीओएस भएका महिलामा देखिने समस्याहरुमा सबैभन्दा बढी सताउने भनेको मोटोपनले । मेल हर्मोन बढी हुने भएकाले महिलाहरु मोटाउने मात्र नभई पेटको बोसो बढी हुने हुुन्छ । यसैगरी कपाल झर्ने कसै कसैको त तालुपन नै हुनेसम्म पुग्छ । अनुहारमा डण्डीफोर तथा पाेतोहरु आउने पनि हुनसक्छ ।
उपचार :
उपचारको कुरा गर्दा सिधै पीसीओएसको यही नै उपचार गरिहाल्ने भन्ने हुँदैन । यसमा सबैभन्दा पहिले लक्षणहरु अनुसार सबै समस्याको समाधान गर्दै जानुपर्ने हुन्छ । पहिलो कुरा त मोटोपन नै नियन्त्रण गर्न जरुरी हुन्छ । त्यसका लागि जीवनशैली परिवर्तन गर्न सल्लाह दिइन्छ । यसैगरी अनुहारमा अनावश्यक रौं छ भने त्यसको हेयर रिमुबल उपचार गर्न सकिन्छ । डण्डीफोर चायाँ पोतोको उपचार गर्न सकिन्छ । यी लक्षणहरु कम हुँदै गएपछि पीसीओएसको लागि ओभुलेसन गराउने औषधि हुन्छन् त्यो औषधि चलाएर आवश्यकता अनुसार हेर्ने र उपचार प्रक्रिया अघि बढाउने हो । कतिपयको समस्या छिटै समाधान हुन्छ भने कतिलाई समय लाग्छ । उपचार निदान भइसकेपछि कस्तो र कतिसम्म समस्या छ भन्ने थाहा पाएर त्यही अनुसार गरिन्छ । नि:सन्तानपनको समस्याका लागि भने औषधिबाट समस्या कम गराउँदै गएर बिरामीको कन्डिसन अनुसार आवश्यक परेमा आइयूआई गर्न सकिन्छ । औषधि तथा आइयूआई गर्दा पनि गर्भ रहन सकेन भने अन्तिममा भने आइभीएफ नै गर्न सल्लाह दिनु आवश्यक हुन्छ ।
(स्त्री तथा प्रसुती रोग एवम आइभीएफ विशेषज्ञ डा ढकाल सिनामंगलस्थित स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टरमा कार्यरत छिन् ।)
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै
डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग
ड्रग रेसिस्टेन्ट क्षयरोग : क्षयरोग अन्त्यमा ठूलो चूनौती बन्दै
स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग