एउटै पोजिसनमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाड दुख्ने समस्या

हेल्थ टिभी अनलाइन : ढाड हाम्रो शरीरको महत्वपूर्ण भाग हो । ढाड दुख्दा हाम्रो दैनिक जीवनमा नै समस्या परिरहेकाे हुन्छ । पछल्लाे समय ढाड दुख्ने समस्या भएका बिरामीको संख्या भने दिनप्रतिदिन बढ्दो छ । अहिले त झन कम उमेरमै ढाड दुख्ने समस्या लिएर बिरामीहरु आउन थालेका छन् । हुनत हामीमध्ये धेरैले आफनो जीवनकालमा कुनै न कुनै रुपमा ढाड दुखेको महसुस गरेकै हुन्छौं भन्दा पनि हुन्छ । ढाड दुख्ने धेरै कारणहरुमध्ये मुख्य कारण भने हाम्रो जीवनशैली नै हो ।
ढाड दुख्नुको मुख्य कारण भनेकै गलत तरिकाले बस्नु, काम गर्नु नै हो। गलत तरिकाले बस्दा अर्थात पोस्चर नमिल्दा मांसपेशीमा असर परेर ढाडको दुखाइ सुरु हुन्छ । ढाड दुख्नुमा अव्यवस्थित जीवनशैलीका साथै खानपानको पनि भूमिका हुन्छ । लामो समयमा एकै ठाउँमा बस्दा तथा कुर्सीमा लामो समय बसिरहँदा ढाडदुख्ने समस्या सुरु हुन्छ । त्यसो त अन्य कारणहरुले पनि ढाड दुख्ने समस्या हुनसक्छ । तर यहाँ जीवनशैलीका कारण हुने समस्याका बारेमा मात्र चर्चा गर्न खोजिएको छ ।
हामीले दिन भरीमा बस्ने, हिंड्ने, उभिने गरी तीन काम गर्छौ । यही तीन पोस्चर सही तरिकाले मिलेमा ढाडको समस्या हुँदैन । तर यही पोस्चरमा ख्याल नगर्दा समस्या देखिन थाल्छ । अहिले धेरै जना अफिसमा काम गर्ने भएकाले घण्टौंसम्म आफनो टेबलबाट उठ्दै नउठ्ने पनि देखिन्छ । यसो गर्नु गलत हो । अर्को कुरा हामी आफनो कम्पुटर र टेबलमा पनि पोस्चर नमिलाई बसिरहेका हुनसक्छौं । त्यसले पनि ढाडमा प्रेसर पर्छ । एउटै पोजिसनमा आधा घण्टा भन्दा बढी बसिरहँदा ढाडको समस्या हुनसक्छ । जुन अहिले अफिसमा टेबल वर्क गर्नेमा बढी देखिएको छ । जुनसुकै पोजिसनम भए पनि आधा आधा घण्टामा पोजिसन परिवर्तन गर्नुपर्छ । अफिसमा भए बस्दा ढाड सोझो गरेर बस्ने, बेलाबेलामा उठ्ने, जीउ तन्काउने, बाहिरसम्म गएर एकैछिन टहलिने गर्न सकिन्छ । यसो गर्दा ५० प्रतिशत ढाडको दुखाइ आफै कम भएर जान्छ । घरमा काम गर्दा पनि जुनसुकै पोस्चरमा भए पनि आधा घण्टामा परिवर्तन गर्न जरुरी हुन्छ । एकैठाउँमा एउटै पोजिसनमा रहिरहनु नै ढाड दुख्नुको मुख्य कारण हो । त्यसैले यो बानी परिवर्तन गर्नैपर्छ चाहे त्यो अफिसमा होस् वा घरमा ।
बच्ने उपाय के त ?
ढाड दुखाइको समस्या हुन नदिनका लागि हामीले आफनो दैनिक जीवनयापनलाई परिवर्तन गर्न सक्नुपर्छ । ढाडलाई कसरी स्वस्थ र बलियो राख्ने बुझ्नुपर्छ । ढाड दुख्नुमा बढी तौल पनि एक कारण भएकाले शरीरको तौललाई नियन्त्रण गर्नुपर्छ भने ध्रुमपान गर्नुहुन्छ भने तुरुन्त छोड्नुपर्छ । केही उचाल्नु परेमा होसियारीका साथ उचाल्ने तथा ढाडमा मात्र भार नपारी शरीरको अरु भागको पनि सहयोग लिएर उठाउन सकिन्छ ।
ढाडको दुखाई हुन नदिन नियमित रूपमा व्यायाम गर्ने तथा योगा गर्ने गर्दा पनि ढाडलाई फाइदा पुग्छ । खानपानमा पनि सन्तुलित आहार खान जरुरी हुन्छ । अस्वस्थकर खाना तथा बढी गुलियाे खानेकुराले हड्डी कमजोर बनाउँछ ।
सामान्य पोस्चरका कारण भएको ढाड दुखाईमा अस्पताल नगई फिजियोथेरापिस्टको सल्लाह लिएर घरमै केही सावधानी अपनाएर पनि ठीक पार्न सकिन्छ । पहिलो कुरा त पोस्चरमा ख्याल गर्नुपर्ने हुन्छ । दोस्रोमा नियमित एक्सरसाइजहरु गर्न सकिन्छ जसले गर्दा मसल कडा हुन पाउँदैन । तेसो नंबरमा खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। यसका साथै शरीरलाई चलायमान बनाउने तथा धेरै नै गाह्रो भएमा अस्पताल जान सकिन्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा