गर्मी बढ्यो, प्रसस्त पानी पिउने गरौं

हेल्थ टिभी अनलाइन : गर्मी मौसममा विषेश गरी तराई क्षेत्रमा तातो हावा लाग्ने तथा लु चल्ने गर्छ । यसबाट जोगिन नसक्दा र यसबारे सचेत नहुँदा मानिस बिरामी पर्ने हुन्छ । त्यसैले यसबाट जोगिनका लागि सकेसम्म दिउँसोको समयमा घरबाट बाहिर निस्कन हुँदैन्। यसैगरी केही गरेर बाहिर निस्कनै परेमा छाताको प्रयोग गर्ने तथा पातलो कपडा टाउकोमा राखेको राम्रो ।
बढी गर्मी हुने हुँदा प्रसस्त पानी तथा फलफूलको जुस पिउने, चिसो पानीले बिहान बेलुका नुहाउने गर्नुपर्छ । बढी गुलिया पेयपदर्था चिया, कफी सकेसम्म नपिउने वा कम गर्ने गर्नु यो बेला उत्तम मानिन्छ । पटक पटक पानी पिउँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन् । पानीमा कागती तथा ग्लुकोज राखेर पनि पिउन सकिन्छ । यसैगरी पुदिनाको पात राखेर पानी पिउँदा पनि शरीरलाई शितलता मिल्छ ।
धेरै ठाउँमा याे बेला खेतबारीको कामको पनि चटारो हुनेगर्छ । यस्ता काम सकेसम्म बिहान र बेलुकामा गर्दा तातो हावाले असर गर्न पाउँदैन ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा