Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मानसिक समस्याका जटिलता

मानसिक समस्याका जटिलता

मानसिक समस्या धेरै ब्यक्त्तिलाई हुने गरेको देखिन्छ । हालको तथ्यांकलाई नै आधार मान्ने हो भने प्रत्येक बर्ष ५ जना मध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक समस्या हुने गरेको देखिन्छ।
मानसिक रोग बच्चादेखि  वृद्ध सबै उमेर समुहका ब्यक्त्तिलाई हुने गर्दछ। प्राय जसो कम उमेरका ब्यक्त्तिहरुलाई बढी हुने गरेको देखिन्छ। मानसिक समस्याको असर केही  समयको लागि पनि हुन सक्छ भने कसैलाई लामो समयसम्म पनि रहन सक्दछ। एक जना ब्यक्त्तिलाई एक वा एक भन्दा धेरै प्रकारको मानसिक समस्या भएको हुन पनि सक्छ।  मानिसलाई अपाङ्ग बनाउने एक प्रमुख कारण मानसिक रोग पनि हो। बेलैमा मानसिक रोगको उपचार गराउन सकिएन भने ब्यक्त्तिलाई भावनात्मक, ब्यवहारिक र शारिरीक रुपमा नै असक्त्त बनाउने गर्दछ।

• दु:खी जीवन तथा कुनै पनि कुरामा रमाउन नसक्ने अवस्था।
• पारिवारीक झै-झगडा, मनमुटाव।
• सम्बन्ध स्थापना गर्न तथा भएको सम्बन्ध लाई निरन्तरता दिनमा समस्या।
• मदिरा सेवन, सुर्तिजन्य पदार्थ सेवन तथा अरु नशालु पदार्थहरुको सेवन।
• बिद्ययालय नै नजाने, अध्ययनमा समस्या, काम गर्न मन नलाग्ने, गरेको काम पनि सोचे जस्तो नहुने।
• सहपाठीहरुसँग मनमुटाव तथा झै-झगडा, तनावको सम्बन्ध।
• बारम्बार आर्थिक, कानुनी झमेलामा परिरहने।
• आफुलाई खतरा हुने कार्य गर्ने जस्तै; हतियारले काट्ने प्र्यास गर्ने
• अरुलाई नोक्सान हुने कार्य गर्ने जस्तै कुटपिट गर्ने, गालि-गलौच गर्ने।
• मधुमेह तथा मुटु रोग जस्ता दिर्घ रोगहरु लाग्ने।

मानसिक समस्याको लागि उपचार कहिले खोज्ने र कसले उपचार गर्दा निको हुन्छ?

मानसिक समस्या भएको थाहा पाउने बित्तिकै उपचारको लागि तयारी गर्नु बुद्दिमानी हुन्छ। सुरु मै उपचार गर्दा मानसिक पिडा कम हुने, छोटो समयमा नै रोग निको हुने सम्भावना हुन्छ।उपचार नगरी घर मै बसिराख्दा अथवा घर को उपचार गराउदा मानसिक समस्या निको हुँदैन बरु झन जटिल हुदै जान्छ। सुरुमा एक प्रकारको मानसिक रोग थियो र उपचार नगराई बस्ने अथवा गाउँ-घरकै उपचारमा लागि राख्दा अरु प्रकारका मानसिक रोगहरु पनि थपिदै जाने गरेको देखिन्छ। मानसिक रोग लागेको थाहा भएमा तुरन्त मानसिक रोग बिशेषज्ञ सँग परामर्श गर्नु राम्रो हुन्छ।

मानसिक रोगको उपचार कसरी गरिन्छ?
मानसिक रोगको उपचार बिना औषधी (साइकोथेरापी अथवा काउन्सेलिङ) तथा औषधीले अथवा कुनै कुनै मानसिक रोगहरुमा दुबै विधिहरु बाट  पनि उपचार गर्नुपर्ने हुनसक्छ। कुन विधिले उपचार गर्दा रोग निको हुन्छ भन्ने कुरा बिशेषज्ञले मात्र सल्लाह दिन सक्दछन।

भट्ट फाउन्डेसन

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।