काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोना देखिएको हो ।
आज संक्रमण हुनेहरुमा काठमाडौंका ३७७ जना, ललितपुरका ३७ जना र भक्तपुरका १७ जना रहेका छन्।
आज देशभर १२०१ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमतिको संख्या ५३ हजार १२० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा ३३६ जना संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति