मानव स्वास्थ्यमा असर गर्ने विषाक्त रसायन मिसाइएका सेनिटाइजर बजारमा
यस्ता सेनिटाइजर प्रयोग नगर्न विभागको आग्रह
हेल्थ टिभी अनलाइन\ काठमाडौं : औषधि व्यवस्था विभागले विषाक्त रसायन मेथानल मिसाइएका ह्यान्ड सेनिटाइजर भेटिएको जनाएको छ ।
विभागले बजारमा बिक्री वितरणमा रहेका ह्यान्ड सेनिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड ‘इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर अल्कोहल बेस्ड सम्बन्धी स्तर -२०७६ ‘ विपरित रसायन मिथानल समावेश भएको पाइएको जनाएको छ । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा सर्वसाधारणलाई यस्ता सेनिटाइजर प्रयोग नगर्न \नगराउन हुन आग्रह गरेको छ ।
साथै यस्ता सेनिटाइजरको उत्पापदन तथा विक्री वितरण अविलम्ब रोक्न सम्पूर्ण सरोकावालालाई सूचित गरिएको भन्दै विभागले आज सूचना जारी गरेको छ ।
भक्तपुरमा रहेको कायाकल्प उद्योग, काठमाडौंको हाइजिन सोप एण्ड केमिकल प्रा. लि., आधार केमिकल एण्ड फुड इन्डष्ट्री प्रा लि, सर्च केम हर्बल प्रडक्ट र सुर्यमुखी हर्बल प्रडक्टले उत्पादन गरेका सेनिटाइजरमा विषाक्त रसायन भेटिएको विभागले जनाएको छ ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन