स्याङ्जाका ८५ वर्षीय कोरोना संक्रमितको पोखरामा मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं १ निवासी ८५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा अस्पतालमा आज शनिबार बिहान ६:३२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा अर्जुन आचार्यका अनुसार भदौ २४ गते अस्पतालको कोभिड उपचार केन्द्रको आइसीयूमा भर्ना भएका उनको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
योसँगै सो अस्पतालमा कोरोना सक्रमित भएर मृत्यु भएका उनी दशौंँ व्यक्ति हुन्। यसअघि ९ जना संक्रमितको पश्चिमाञ्चल अस्पतालमा मृत्यु भइरसकेको अस्पतालले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम