शुक्रबार काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै बढी संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ६९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंमा ६२० जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ३८ जना रहेका छन्। गत २४ घण्टामा देशभर १४ सय ५४ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
कोरोनाको आशंकामा हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ रहेको छ भने हाल देशभर १४ हजार ९२५ जना संक्रिय संक्रमित रहेका छन्।
यसैगरी हालसम्म ३२२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम