Health TV Online
Health TV Online
Health TV Online

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना संक्रमितको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं :  पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीय संक्रमित महिलाको मृत्यु भएको जनाएको छ । अस्पतालका निर्देशक प्रा .डा. अर्जुन आचार्यले भदौ २२ गते कोरोना संक्रमण भएर आइसीयूमा भर्ना भएकी महिलाको उपचारकै क्रममा आज भदौ २३ गते दिउँसो ३:५० मा मृत्यु भएको जनाएका छन्।

उनी दमको दीर्घ रोगी भएको अस्पतालले जनाएको छ । उनीसँगै प्रतिष्ठानमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना