नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । गत २४ घण्टामा देशका विभिन्न स्थानमा थप ११ जनाको मृत्यु भएपछि आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९७९ जना संक्रमित थपिएका छन्। योसँगै कुल कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । हाल देशभर १६ हजार २५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हालसम्म ३० हजार ६७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना