पछिल्लो २४ घण्टामा काठमाडौंका ३ सहित थप ९ जना संक्रमितको मृत्यु
कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा काठमाडौंका ३ सहित थप ९ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न जिल्लामा गरी थप ९ जनाकोे मृत्यु भएको हो । यसरी मृत्यु हुनेहरुमा ३ जना महिला र ६ जना पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौैका ४१, ५९ र ६५ वर्षका पुरुष रहेका छन्। त्यसैगरी मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षीया महिला, नवलपरासीकी ३७ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउन पुगेका छन्।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना