काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको हो ।
यसरी संक्रमण हुनेहरुमा काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना संक्रमित थपिएका छन्। यसैगरी १५ सय ६६ जना संक्रमित कोरोना निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम