प्राकृतिक चिकित्सक हुँ भन्दै कोरोनाबारे भ्रम फैलाएकोप्रति संघको ध्यानाकर्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय केही व्यक्तिहरुले आफूलाई प्राकृतिक चिकित्सक हुँ भन्ने दाबी गर्दै सर्वसाधारणमा कोरोनाका विषयमा भ्रम फैलाउने गरेको भन्दै प्राकृतिक चिकित्सक संघले आपत्ति जनाएको छ ।
विज्ञप्ति जारी गर्दै योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले केही गैर चिकित्सकले प्राकृतिक चिकित्साका नाममा भ्रम फैलाउने र नकारात्मक धारणा सिर्जना गराउने खालका अभिव्यक्तिहरु दिएकोमा उनीहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्ने माग गरेको छ ।
यसका साथै प्राकृतिक चिकित्सक हुँ भनेर दावी गरिएका व्यक्तिहरु नेपाल स्वास्थ्य व्यवसायी परिषदमा समेत दर्ता नभएकाले उनीहरुको कुरा आधिकारीक नभएको र उनीहरुले मनोमानी रुपमा व्यक्त गरेका कुरा विश्वास नगर्न पनि संघले सर्वसाधारणलाई आग्रह गरेको छ ।
संघले कुनै पनि व्यक्तिले आफूलाई विशेषज्ञ बताइसकेपछि सो व्यक्ति विशेषज्ञ भए नभएको एकिन गरेर मात्र उसका कुराहरु सम्प्रेषण गरिदिन मिडियालाई पनि आग्रह गरेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु