बुटवलको कोरोना अस्पतालमा थप २ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित अस्थायी अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं २ की ३७ वर्षीया महिला र बुटवल उपमहानगरपालिका वडा नं ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनका अनुसार बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । महिलाको आज बिहान शनिबार ६ बजे र पुरुषको हिजो शुक्रबार राती ११ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन