डडेल्धुरा प्रयोगशालामा अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : डडेल्धुरा अस्पतालमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालामा अब एक घण्टामै कोरोना परिक्षण हुने भएको छ। ल्याबमा ‘एक्सपर्ट एक्सप्रेस’ विधिबाट एक घण्टामै कोरोनाको रिपोर्ट आउने भएको हो।
कुनै मृतकको अथवा गम्भीर घाइते भएका बिरामीको कोरोना परीक्षण गर्नुपरे उक्त विधि प्रयोग गरिने प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए। ‘यो सुविधा सुदूरपश्चिममा अन्त कतै छैन्। हामी स्वाब नमूना पुगेको एक घण्टामै रिपोर्ट दिन सक्छौं,’ प्रयोगशाला इन्चार्ज भूषालले भने।
उक्त मेसिनबाट हालसम्म मृतक र गम्भिर बिरामी गरी ७ जनाको परीक्षण भएको प्रयोगशाला इन्चार्ज भुसालले बताए। डडेल्धुरा अस्पतालले उक्त सुविधा सुरु गरे पश्चात मृतकका आफन्तलाई अन्तिम संस्कार गर्न तथा गम्भीर बिरामीको शल्यक्रिया गर्न चिकित्सकलाई सहज हुने भएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम