२४ घण्टामा थपिए १३ सय ५९ जना संक्रमित, १४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४४ हजार २३६ रहेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय ५४ जना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या २५ हजार ५६१ पुगेको छ ।
हाल कोरोनाको आशंकामा देशभरका विभिन्न क्वारेन्टाइनमा रहेको संख्या ६ हजार ५६१ रहेको पनि मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर १४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु