चितवन मेडिकल कलेजमा पनि प्लाज्मा थेरापी उपचार शुरु

हेल्थ टिभी अनलाइन\ चितवन: चितवन मेडिकल कलेजमा उपचाररत एक जना महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ ।
हेटौंडा उपमहानगरपालिका ११ की ५२ वर्षीया संक्रमित महिलामा प्लाज्मा थेरापी उपचार शुरु गरेको अस्पतालले जनाएको छ । भरतपुर रक्तसंचार केन्द्रको सहयोगमा ती महिलालाई बिहिबार राती प्लाज्मा दिइएको हो ।
कोेरोना संक्रमण भएर निको भइसकेका व्यक्तिले दान गरेको रगतबाट प्लाज्मा निकालेर उनलाई चढाइएको हो । कोरोनाका सिकिस्त बिरामीलाई प्लाज्मा थेरापी दिंदा सुधार हुने भएकाले यो विधि नेपालमा पनि शुरु गरिएको हो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु