अस्पतालको इमरजेन्सी कक्षमै दोहोरो भिडन्त

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीमाथि आक्रमण भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा उपचारमा रहेका घाइते बिरामीलाई राती ९ बजे अर्को समूहका २० देखि ३० जना युवाहरु आएर कुटपिट गरेका थिए । एकछिन त इमरजेन्सी कक्ष नभई लडाई गर्ने थलो जस्तौ बन्न पुग्यो, अस्पतालका एक कर्मचारीले भने ।
यसरी अस्पतालमा आएर कुटिपिट गर्ने दोषीलाई तुरुन्त कारवाही गर्न अस्पतालले आग्रह गरेको छ । अस्पतालले जनाए अनुसार दुईवटा समूहविच झगडा हुँदा एक समूहका केहीव्यक्तिहरु घाइते भएका थिए । ती घाइते उपचारका लागि अस्पतालको इमरजेन्सीमा आएका थिए । उपचारमै रहेका बेला अर्को समूहका व्यक्तिहरु हुल लिएर आएर कुटपिट गर्दै अस्पतालमा रहेका इसीजी मेशिन, टुलकिट लगायतका मेडिकल उपकरण तोडफोड गरेको अस्पतालले जनाएको । यसैगरी घाइतेलाई तानेर बाहिर लाने क्रममा रोक्न खोज्दा केही स्वास्थ्यकर्मीलाई समेत उनीहरुले हातपात गरेका थिए ।
अस्पतालको इमरजेन्सी कक्षमै आएर बिरामी र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने र अस्पतालको सामान तोडफोड गर्नेलाई तुरुन्त कारवाही गर्नुपर्ने भन्दै अस्पतालले विज्ञप्ति निकालेको छ । घटनामा सहभागी केहीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ भने ४ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । सो भिडन्तमा लगभग १५ लाख बराबरको मेडिकल सामानको क्षति भएको अस्पतालले जनाएको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना