अस्पतालको इमरजेन्सी कक्षमै दोहोरो भिडन्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीमाथि आक्रमण भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा उपचारमा रहेका घाइते बिरामीलाई राती ९ बजे अर्को समूहका २० देखि ३० जना युवाहरु आएर कुटपिट गरेका थिए । एकछिन त इमरजेन्सी कक्ष नभई लडाई गर्ने थलो जस्तौ बन्न पुग्यो, अस्पतालका एक कर्मचारीले भने ।
यसरी अस्पतालमा आएर कुटिपिट गर्ने दोषीलाई तुरुन्त कारवाही गर्न अस्पतालले आग्रह गरेको छ । अस्पतालले जनाए अनुसार दुईवटा समूहविच झगडा हुँदा एक समूहका केहीव्यक्तिहरु घाइते भएका थिए । ती घाइते उपचारका लागि अस्पतालको इमरजेन्सीमा आएका थिए । उपचारमै रहेका बेला अर्को समूहका व्यक्तिहरु हुल लिएर आएर कुटपिट गर्दै अस्पतालमा रहेका इसीजी मेशिन, टुलकिट लगायतका मेडिकल उपकरण तोडफोड गरेको अस्पतालले जनाएको । यसैगरी घाइतेलाई तानेर बाहिर लाने क्रममा रोक्न खोज्दा केही स्वास्थ्यकर्मीलाई समेत उनीहरुले हातपात गरेका थिए ।
अस्पतालको इमरजेन्सी कक्षमै आएर बिरामी र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने र अस्पतालको सामान तोडफोड गर्नेलाई तुरुन्त कारवाही गर्नुपर्ने भन्दै अस्पतालले विज्ञप्ति निकालेको छ । घटनामा सहभागी केहीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ भने ४ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । सो भिडन्तमा लगभग १५ लाख बराबरको मेडिकल सामानको क्षति भएको अस्पतालले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम