जुम्लाका सिडियो भुपेन्द्र थापालाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) भुपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने क्रममा आज आफूलाई कोरोना पोजेटिभ देखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले आफू आइसोलेसनमा रहेको र केही परेमा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन्।
उनले आफू कोरोना जितेर पुन: काममा फर्किने पनि उल्लेख गरेका छन्। कोरोना महामारी शुरु भएदेखि नै उनी क्वारेन्टाइन, आइसोलेसनदेखिको सम्पूर्ण व्यवस्थापनमा प्रत्यक्ष रुपमा जुटेका थिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम