पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ६ जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसरी मृत्यु हुनेहरुमा ४ जना महिला र २ जना पुरुष रहेको जनाएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको संख्या २५७ पुगेको छ ।
मन्त्रालयले नेपालमा कोरोनाबाट हुने मृत्युदर शुन्य दशमलब ६ रहेको जनाएको छ । आज देशभर १२ सय २८ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै