थप १२ सय २८ जनामा संक्रमण, संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १२ सय २८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेकोछ ।
गत २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालससम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २४ हजा २०७ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७ सय ४९ रहेको छ ।
यसैगरी देशभर १८ हजार ४१३ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु