चितवन मेडिकल कलेजमा ४० वर्षीया संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन\ चितवन: चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ।
चितवनमा रहेको चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर ११ स्थायी घर भएकी ४० बर्षीया महिलाको मृत्यु भएको हो।
भदौ ६ गते झाडापखाला र लगातारको खोकीको समस्या लिएर अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताएका छन्।
उपचारकै क्रममा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई आइसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारको क्रममा उनको गएराति करिव १२ बजे मा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीसँगै हालसम्म
चितवनमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम