स्वास्थ्यको सल्लाह : ५ सय बढी संक्रमित भए निषेधाज्ञा, २ सय बढी भए लकडाउन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा लकडाउन गर्नुपर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको अवस्थामा संक्रमित बढी र कम भएका जिल्ला छुट्याएर सोही बमोजिम के गर्ने भन्ने विषयमा तय गर्नुपर्ने जनाएका हुन्। उनले मन्त्रालयले ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा र २ सय बढी संक्रमित भएको जिल्लामा लकडाउन गर्नुपर्ने राय दिएको बताएका हुन्।
हालसम्म कोरोनाका ५ सय भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा बारा, पर्सा, महोत्तरी, धनुषा, चितवन, काठमाडौं, मोरङ, सुनसरी लगायतका जिल्ला रहेका छन्। ‘कोरोना हटस्पट’ का रुपमा लिइएको यी जिल्लामा अझै निषेधाज्ञा जारी गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको डा गौतमले जिकीर गरे ।
गत २४ घण्टामा मात्रै नेपालमा १ हजार १२० जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । यसैगरी कोरोनाबाट हालसम्म २५१ जनाले ज्यान गुमाएका छन्।
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ