थप १ हजार १२० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो
काठमाडौं उपत्यकामा थपिए ३८८ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १२० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । आज काठमाडौं उपत्यकामा मात्रै थप ३८८ जनामा कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार आज मात्रै १ हजार ११२ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जितेर निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
हाल देशभरका विभिन्न आइसोलेसन र होम आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु