Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वीर अस्पतालकै स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

वीर अस्पतालकै स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो आइरहेका बेला मुलुककै जेठो वीर अस्पतालका स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता नपाएको खुलेको छ । वीर अस्पतालका कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा  खटिएका स्वास्थ्कर्मीले आफूहरुले अहिलेसम्म जोखिम भत्ता नपाएको गुनानो गरेका छन्।

उनीहरुले यस्तो महामारीमा जोखिम मोलेर विगत ५ महिना देखि दिनरात नभनी काम गरेको भए पनि हालसम्म तलब बाहेक अन्य सुविधा नपाएको बताए । ‘प्रयोगशालामा स्वाबको नमुना बढी हुँदा राती १२ बजेसम्म पनि बसेर काम गर्नुुपर्छ न त ओभर टाइमको पैसा छ न त कोरोना जोखिम भत्ता नै कसरी काम गर्ने जाँगर चल्छ,?’ एक स्वास्थ्यकर्मीले प्रश्न गरे । तर पनि नैतिकताले दिंदैन काम त गर्नेपर्छ र गरिरहेका पनि छौं, उनले भने । यस विषयमा अस्पतालसँग कुरा गरेको भए पनि आश्वासन बाहेक केही नपाएको उनीहरुको गुनासो छ ।

उता अस्पतालका निर्देशक डा केदार सेन्चुरीले भत्ताका लागि मन्त्रालयसँग बारम्बार कुरा भइरहेको जनाएका छन्। यसरी ५ महिनासम्म कोरोना जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मीलाई काम गराउनै मुश्किल भएको उनको भनाई छ । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई शत प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।

त्यसो त प्रयोगशाला, रेडियोलोजी विभाग लगायतमा उच्च स्वास्थ्य जोखिम हुने विभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई २५ प्रतिशतसम्म जोखिम भत्ता नियमित रुपमा दिने गरिएको छ । तर वीर अस्पतालमा कर्मचारीहरुले त्यही भत्ता पनि ८ महिनादेखि पाएका छैनन्।

कामकै शिलशिलामा वीर अस्पतालमा हालसम्म चिकित्सकसहित ७१ जना कर्मचारीमा कोेरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये ६ जना त प्याथोलोजी विभागका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार