त्रिवि शिक्षण अस्पतालमा २ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोभिड १९ फोकल पर्सन डा सन्त कुमार दासले हिजो मंगलबार राती दुई जना संक्रमितको मृत्यु भएको जनाएका छन्।
मृत्यु हुनेमा एक जना तनहुँकी २० वर्षीया युवती भएको र उनी मिर्गौलाको बिरामी रहेको पनि डा दासले जनाएका छन्। उनी नियमित डायलाइसिसमा थिइन्। हिजो राती उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
यसैगरी अर्का ७५ वर्षका संक्रमित पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । उनीहरु दुबै जना दीर्घरोगी भएको अस्पतालले जनाएको छ।
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ