त्रिवि शिक्षण अस्पतालमा २ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोभिड १९ फोकल पर्सन डा सन्त कुमार दासले हिजो मंगलबार राती दुई जना संक्रमितको मृत्यु भएको जनाएका छन्।
मृत्यु हुनेमा एक जना तनहुँकी २० वर्षीया युवती भएको र उनी मिर्गौलाको बिरामी रहेको पनि डा दासले जनाएका छन्। उनी नियमित डायलाइसिसमा थिइन्। हिजो राती उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
यसैगरी अर्का ७५ वर्षका संक्रमित पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । उनीहरु दुबै जना दीर्घरोगी भएको अस्पतालले जनाएको छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य