२४ घण्टामा १ हजार ६९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४० हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।
गत २४ घण्टामा ७६८ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २२ हजार १ठड पुगेको मन्त्रालयले जनाएको छ । हाल कोरोनाको आशंकामा ७ हजार ३९० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
गत २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ३९ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम