थप ८९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९ हजार ४६० पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरिएको परीक्षणमा ३०३ महिला र ५९६ पुरुष गरी जम्मा ८९९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । यी मध्ये हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० रहेको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३ सय ३७ रहेको छ ।
गत २४ घण्टामा ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित