अमेरिका र ब्राजिलमा नयाँ संक्रमितको संख्या घट्दै, भारतमा बढ्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित रहेको अमेरिका र ब्राजिलमा नयाँ संक्रमितको संख्या घट्दै गएको छ भने उता भारतमा झनझन बढिरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी संक्रमित विश्वमै बढी भारतमा देखिए । भारतमा २४ घण्टामा ७९ हजार बढीमा संक्रमण देखिएको छ ।
उता अमेरिकामा ३३ हजार ९८१ र ब्राजिलमा १५ हजार ३४६ जनामा मात्र कोरोना देखिएको छ । यसैगरी मृत्यु हुनेमा पनि भारत नै अघि भयो । भारतमा २४ घण्टामा ९ सय ६० जनाको मृत्यु भएको छ ।
वर्ल्डोमिटरका अनुसार अमेरिकामा ५४ दिनपछि र ब्राजिलमा ११५ दिनपछि ४ सय भन्दा कम संक्रमितको मृत्यु भएको हो । भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । हालसम्म त्यहाँ संक्रमितको संख्या ३६ लाख १९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६४ हजार ६१७ जनालको कोरोनाका कारण ज्यान गएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम