२४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु, १२२१ जना नयाँ संक्रमित थपिए
कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज अहिले सम्मकै उच्च १२ सय २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी कोरोनाबाट एकै दिन भएको मृत्यु पनि अहिलेसम्मकै उच्च हो ।
नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा २६७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । हाल नेपालमा १७ हजार ५१८ जना सक्रिय संक्रमित रहेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा