कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको होम आइसोलेसनमै बसेका बेला मृत्यु भएको हो ।
कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएका छन् । मृतक मधुमेह र उच्च रक्तचापका बिरामी थिए । भदौ ११ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भक्तपुरमा होम आइसोलेसनमा बसेका संक्रमितको पहिलो पटक मृत्यु भएको हो। सरकारले लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमै बस्नपर्ने बताएको छ । लक्षण देखिएका र सिकिस्त भएमा मात्र अस्पताल भर्ना गर्ने नीतिकै कारण उनी पनि होम आइसोलेसनमा थिए । रासस
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा