कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको होम आइसोलेसनमै बसेका बेला मृत्यु भएको हो ।
कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएका छन् । मृतक मधुमेह र उच्च रक्तचापका बिरामी थिए । भदौ ११ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भक्तपुरमा होम आइसोलेसनमा बसेका संक्रमितको पहिलो पटक मृत्यु भएको हो। सरकारले लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमै बस्नपर्ने बताएको छ । लक्षण देखिएका र सिकिस्त भएमा मात्र अस्पताल भर्ना गर्ने नीतिकै कारण उनी पनि होम आइसोलेसनमा थिए । रासस





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम