महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, मृत्युबारे अध्ययन गर्न टोली परिचालन
हेल्थ टिभी अनलाइन\ कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन गरिएको छ ।
शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंको केन्द्रिय प्रयोगशाला पठाएको छ ।
गत दुई साताको अवधिमै नै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली उक्त रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताएका छन्।
पछिल्लो समय उक्त नगरापिलकामा मौसमी रुघाखोकी र उच्च ज्वरो धेरैमा देखिएको छ । रासस
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा