काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रबार मात्रै उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरमा १२ जना गरी कुल १८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जनाएका छन्।
नेपालमा गत २४ घण्टामा ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा