शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८८४ जना संक्रमित थपिएका हुन्। आज संक्रमित हुनेहरुमा २४२ जना महिला र ६४२ पुरुष छन्।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। यसैगरी २४ घण्टामा ३१३ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसर गत २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम