पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताएका छन्। पोखरा महानगरपालिका वडा नं १४ निवासी ५८ वर्षीय पुरुष भदौ ७ गते प्रतिष्ठानको अस्पतालमा भर्ना भई शल्यक्रिया गरिएको डा आचार्यले जनाएका छन्।
कोरोनाको आंशकामा स्वाब परीक्षण गर्दा उनमा भदौ १० गते कोरोना पोजेटिभ देखिएको थियो । त्यस लगत्तै कोभिड १९ आइसीयूमा राखेर उपचार भइरहेकोमा उनको आज बिहान मृत्यु भएको हो ।
प्रतिष्ठानमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा