पाल्पामा ३० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडौं : लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पाल्पा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोना परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा शुक्रबार साँझ मृत्यु भएको लुम्बिनी मेडिकल कलेज पाल्पाले जनाएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा