पोखरामा कोरोना संक्रमणबाट ५२ वर्षीय पुरुषको मृत्यु
हेल्थ टिभी अनलाइन\ पोखरा : पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जनाएका छन्।
डा आचार्यका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आजै बिहान अस्पताल ल्याइएको थियो । उपचार शुरु गरिएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनी उच्च रक्तचाप र मधुमेहका समेत बिरामी रहेको अस्पतालले जनाएको छ ।
उनीसँगै प्रतिष्ठानमा कोरोना पोजेटिभ भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त