भरतपुरको कलेज अफ मेडिकल साइन्सका एक जना चिकित्सकमा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनस्थित कलेज अफ मेडिकल साइन्स भरतपुरका एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी जिल्ला गैंडाकोट घर भएका २९ वर्षीय चिकित्सकमा भरतपुर आस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । यसवारे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरेको छ । उनीसँगै थप ३ जनामा कोरोना पुष्टि भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
उनी केही समयदेखि भरतपुरको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) मा कार्यरत छन्। उनलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य शुरु गरिएको जनाइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम