गण्डकीमा २ प्रहरीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा २ जना प्रहरीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज ४ जिल्लामा गरी थप १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका ८ जना, लमजुङका २ जना, तनहुँका ४ जना र कास्कीका ३ जना रहेका छन्।
निर्देशनालयका अनुसार संक्रमित मध्ये कास्की २ जना भने पर्यटक प्रहरी रहेका छन्। उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको पनि निर्देशनालयले जनाएको छ ।
गण्डकीमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ सय ७२ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित