बीपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
झापा दमक नगरपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार बेलबारी ५ मोरङका ५६ बर्षीया महिला र झापा दमकका ८३ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको हो । दुबै जना दीर्घरोगी रहेको बताइएको छ ।
दुवैको शव व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम