‘बिरामीको सेवामा खटिएका हामीलाई हेला हैन् हौसला दिनुस्’
अस्मिता ढकाल, स्टाफ नर्स, त्रिवि शिक्षण अस्पताल
कोरोना भाइरसको संक्रमणका कारण यतिबेला विश्व नै आक्रान्त बनेको छ । नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या उकालो लागिरहेको छ । यही बेला सेवामा खटिएका म जस्ता कयौं स्वास्थ्यकर्मी आफै संक्रमणको सिकार भइरहेका छन्। तर पनि कोरोना महामामारी विरुद्धको यो लडाइँमा कतै विचलित नभई स्वास्थ्यकर्मी लडी नै रहेका छन्।
म पनि एक नर्स भएका कारण नेपालमा कोरोना महामारी शुरु भएदेखि नै बिरामीको सेवामा लागि नै रहेकी छु । यही विचमा म कार्यरत अस्पताल त्रिवि शिक्षण अस्पतालमा सँगै काम गर्ने कयौ साथीहरुलाई कोरोना संक्रमण भइसकेको छ । म आफू पनि कुनै न कुनै दिन संक्रमणका शिकार बन्न सक्छु भन्ने मनमा लिएर काम गरिरहेकी छु ।
अस्पतालमा काम गर्नेलाई संक्रमणको जोखिम बढी हुनु त स्वभाविक नै हो । त्यसैले पनि म यतिबेला परिवारबाट टाढा भएर बसेकी छु । बच्चा, परिवारसँग टाढा भएर दिन रात नभनी काम गरिंरहँदा पनि धेरै स्थानमा स्वास्थ्कर्मीलाई छि छि दूर दूर गरेको घटना बाहिर आइरहेका छन्। यस्तो देख्दा साहैं चित्त दुख्छ ।
संक्रमितको उपचारमा रहँदा पीपीई लगाउँदा कयौं दिन भोको पेट, दिसा पिसाब पनि रोकेर बस्नु परेको छ । यस्तो गर्मीमा शिरदेखि पाउसम्म ढाकेर बस्दा पूरै शरीर पसिनाले भिजेर आफनो शरीर आफैलाई गन्हाउने हुन्छ तर पनि मलाई आफनो पेशाप्रति कुनै गुनासो छैन् मात्र तपाइँहरुको हौसला चाहिएको छ । अन्त्यमा जस्तोसुकै परिस्थितीमा पनि हामी बिरामीको सेवाबाट पछि हट्दैनौं तर हामीलाई सुरक्षित भएर काम गर्ने वातावरण र हौसला दिनुस् । आफनो ज्यान जोखिममा राखेर बिरामीको सेवामा लागेका हामीलाई प्लीज हेला नगर्दिनुस्।
सर्व साधारण लकडाउनका कारण आफनो घरमा बसिरहेका बेला हामी भने घर परिवार बालबच्चा सबैबाट टाढा भएर बिरामीकै लागि भनेर अस्पतालमा काम गरिरहेका छौं । उता त्यही घर बस्नेहरुले हामीलाई आफू कहिल्यै बिरामी नै पर्दिन जस्तै गरेर गरेको व्यवहारले मन रुन्छ । तर पनि हामीले सेवामा प्रवेश गर्दा खाएको कसमको पनि मैले सम्मान गर्नैपर्छ । कसैले म माथि ढुंगा नै फाले पनि म बिरामीको सेवा छोडेर हिंड्न सक्दिन । बरु त्यही ढुंगा बटुलेर अस्पताल बनाउने आँट गर्छु ।
यो रोग नै त्यस्तै हो जब कोही संक्रमित हुन्छ तब घर -परिवार, नाता गोता सबै टाढिन्छन् र नजिक हुन्छन् त उनीहरुको सेवामा खटिने स्वास्थ्यकर्मी मात्र ।
यस वर्षको तीज भर्खर मात्र सकिएको छ । लकडाउनका कारण धेरैले घरमै भए पनि धेरैले तीज मनाएका फोटोहरु सामाजिक सञ्जाल भरी आइरहँदा हामी भने अस्पतालमा भारी पीपीई लगाएर बिरामीलाई सास फेर्न गाह्रो भयो की भन्दै थियौं । चाडबाडमा मिठो मसिनो खाने र परिवारमा बस्ने चाहना सबैमा हुन्छ । जुन हामी स्वास्थ्यकर्मीमा पनि हुनु स्वभाभिक हो । तर हामीलाई न त तीज आउँछ नत दशैं ।
कोरोनाको महामारी शुरु भएदेखि नै घर परिवारसँग बस्न पाएका छैनौं । एकातिर कुन बेला संक्रमित भइने हो भन्ने त्रास अर्कोतिर सर्वसाधारणले कता रोग नै सार्न आए जसरी गर्ने व्यवहारले मन अमिलो बन्छ । यतिबेला हामीलाई हौसला मात्र चाहिएको छ लड्न त हामी तयार नै छौं । अहिले म लगयात धेरै स्वास्थ्कर्मीको दैनिकी अस्पताल र क्वारेन्टाइन बनेको छ । अहिले म १ साताको २४ घण्टे ड्युटीपछि एक साता क्वारेन्टाइनमा छु । संक्रमितको वार्डमा काम गर्ने भएकाले मलाई जब संक्रमितको रिपोर्ट नेगेटिभ आउँछ तब आफनै नेगेटिभ रिपोर्ट नेगेटिभ आए जस्तै हुन्छ र खुशीले उफ्रिन्छु । बिरामीको मुहारमा देखेको खुशीले सबै दुख बिर्सन्छु । यो रोग नै त्यस्तै हो जब कोही संक्रमित हुन्छ तब घर -परिवार, नाता गोता सबै टाढिन्छन् र नजिक हुन्छन् त उनीहरुको सेवामा खटिने स्वास्थ्यकर्मी मात्र ।
संक्रमितको उपचारमा रहँदा पीपीई लगाउँदा कयौं दिन भोको पेट, दिसा पिसाब पनि रोकेर बस्नु परेको छ । यस्तो गर्मीमा शिरदेखि पाउसम्म ढाकेर बस्दा पूरै शरीर पसिनाले भिजेर आफनो शरीर आफैलाई गन्हाउने हुन्छ तर पनि मलाई आफनो पेशाप्रति कुनै गुनासो छैन् मात्र तपाइँहरुको हौसला चाहिएको छ । अन्त्यमा जस्तोसुकै परिस्थितीमा पनि हामी बिरामीको सेवाबाट पछि हट्दैनौं तर हामीलाई सुरक्षित भएर काम गर्ने वातावरण र हौसला दिनुस् । आफनो ज्यान जोखिममा राखेर बिरामीको सेवामा लागेका हामीलाई प्लीज हेला नगर्दिनुस्।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा