कोरोना कहर: काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा आज राति बुधबार सकिँदै थियो ।
जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसी को बैठकले काठमाडौं उपत्यकाभरी निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको थियो। सोही बमोजिम थप एक साता अर्थात् भदौ १७ गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त