कोरोना कहर: काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा आज राति बुधबार सकिँदै थियो ।
जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसी को बैठकले काठमाडौं उपत्यकाभरी निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको थियो। सोही बमोजिम थप एक साता अर्थात् भदौ १७ गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम