दुई सुरक्षाकर्मीसहित गण्डकीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा दुई सुरक्षाकर्मीसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज २ जिल्लामा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १९ सय ८ पुगेको छ । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ७ जना र तनहुँका ६ जनामा कोरोना पुष्टि भएको हो ।
यी मध्ये पोखरा ४ का दुई जना सुरक्षाकर्मी रहेको र पोखरा १० का एक जना संक्रमित केही दिनअघि दुबईबाट आएका हुन्। गण्डकीमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ सय ३९ पुगेको छ ।
सातौं वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर अस्पतालको वाकाथन
६ जनाले पाए स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार
‘ललितपुरलाई सुर्तीजन्य पदार्थमुक्त सहर बनाउन प्रतिबद्ध छु’
अत्यधिक गर्मीले स्वास्थ्यमा असर, बच्न के गर्ने ?
सबै संघीय अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना हुने