काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्ने संकेत देखिएन, आजै २१६ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : उपत्यकामा कोरोना संक्रमित घट्ने संकेत नै देखिएको छैन्। पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १६० जना, भक्तपुरका ५० जना र ललितपुरका ६ जना रहेका छन्।
लकडाउन खुलेसँगै सर्वसाधारणको आवतजावत बढेपछि काठमाडौं उपत्यकामा संक्रमण समुदायमा फैलिएको मन्त्रालयले जनाएको छ । आज देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३६ जना डिस्चार्ज भएका छन्।
हालसम्म कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ भने १४६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हाल १३५ जना कोरोना संक्रमितको देशभरका आइसीयूमा उपचार भइरहेको छ भने १२ जना भेन्टिलेटरमा रहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम