नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा मात्रै थप २१६ जनामा संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ । हालसम्म १३५ जना संक्रमित आइसीयूमा रहेका छन् भने १२ जना भेन्टिलेटरमा रहेका छन्। काठमाडौं उपत्यकामा मात्रै आज २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म कोरोनाबाट १४६ जनाले ज्यान गुमाएका छन्।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’