आइसीयूमा उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढ्दो
१३३ जना आइसीयूमा र १५ जना भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : आइसीयूमा उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म देशका विभिन्न अस्पतालका आइसीयूमा उपचाररत कोरोना संक्रमितको संख्या १३३ रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय आइसीयूमा उपचार गर्नुपर्ने कोरोनाको कडा लक्षण लिएर आउने बिरामीको संख्या बढेको बताउँदै सबैलाई सजग भएर यसबाट बच्ने मापदण्ड पालना कोरोना गर्न आग्रह गरेका छन्। उनले यही अनुपातमा संक्रमितको संख्या बढ्दै गए उपचारका लागि आइसीयू बेड अभाव हुने हुँदा सबै जनाले रोग नै लाग्न नदिने तर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
उनका अनुसार आइसीयूमा उपचाररत संक्रमितमध्ये प्रदेश १ मा १६ जना, प्रदेश २ मा ४६ जना, बाग्मती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १३ जना रहेका छन्।
यसैगरी संक्रमणबाट सिकिस्त भई भेन्टिेलेटरमा उपचाररत संक्रमितको संख्या १५ रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । उनीहरु सबै बाग्मती प्रदेशमा उपचाररत छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु