काठमाडौं उपत्यकामा आज थप १८२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८३८ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १८२ जना काठमाडौं उपत्यकामा देखिएका हुन्। हालसम्म नेपालमा ३० हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय काठमडौं उपत्यकामा कोरोनाको उच्च जोखिम बढदै गएको छ । जसका कारण बुधबारदेखि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम