एक जना कोरोना संक्रमित पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च
पीसीआर परीक्षणमा मात्रै हालसम्म ३ अर्ब १८ करोड ९४ लाख खर्च

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले एक जनामा कोरोना संक्रमण भएको पत्ता लगाउन एक लाख ४ हजार ६३० रुपैयाँ खर्च गर्न परेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज भएको मिडिया ब्रिफिङमा एक जनामा कोरोना पोजेटिभ भएको पत्ता लगाउन १ लाख ४ हजार ६३० रुपैयाँ खर्च भएको बताएका हुन्। डा गौतमले हालसम्म ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३० हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाए ।
हालसम्म कोरोना पत्ता लगाउन गरिएको पीसीआर परीक्षणमा मात्रै सरकारको ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । उनले यो रकम स्वास्थ्यकर्मीले लगाउने पीपीईमा लाग्ने खर्च बाहेक रहेको जनाएका छन्।
डा गौतमले एक जनाको लागि लाग्ने ५ हजार ५ सयका दरले पीसीआर परीक्षण गर्दा यो खर्च आएको जनाएका छन्। उनले एक जना संक्रमितलाई ३० दिन आइसीयूमा राख्न पर्दा ४ लाख ५० हजार खर्च हुने बताए । उनले कोरोनाको परीक्षण र उपचारमा बस्दा धेरै खर्च हुने हुँदा पनि हामी यसबाट बच्न नै सजग हुनुपर्नेमा जोड दिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु