थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी शुक्रबार थप ८३८ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर घर जानेको संख्या १८ हजार २१४ पुगेको छ । हालसम्म कोरोनाको आंशकामा १२ हजार २३४ जना क्वारेन्टाइनमा बसेका छन्।
गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १३ हजार ५७९ जनाको नमुना परीक्ष्ण गरिएको थियो । आज मात्रै थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु