Health TV Online
Health TV Online
Health TV Online

पाटन अस्पतालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले विज्ञप्ति जारी गर्दै दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो । दोलखाकी ३० वर्षीया महिला र सर्लाहीको मलंगवाका ४६ वर्षीय पुरुषको जनाएको आज बिहान मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको पनि केन्द्रले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना